आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

मंसिर महिनाका लागी बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ मंसिर ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • २७२ पाठक संख्या
  • २०८१ मंसिर ३०
    वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार केही बैंकहरुले ब्याजदर मंसिरको तुलनामा बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
    २० वाणिज्य बैंकहरुमध्ये १४ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन्। त्यस्तै, ३ बैंकहरुले यस्तो ब्याजदर घटाएका छन् भने ३ बैंकहरुले ब्याजदर बढाएका छन्।
    व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले अधिकतममा ६।६ प्रतिशत ब्याज दिने भएको छ। यद्यपि, बैंकको ब्याजदर मंसिरको तुलनामा ०.१९ प्रतिशतविन्दु घटेको हो। यस्तो खातामा सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५।५ प्रतिशत ब्याज दिनेछ।
    कुन बैंकको ब्याजदर कति

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट