Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

जीवन निर्वाह, सञ्चालनको निम्ति कृषि


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ४११ पाठक संख्या
  • शिवानी विश्वकर्मा वैशाख १४ बाँके– नेपाल कृषि प्रधान देश हो । आय आर्जन र रोजगारीको लागि कृषि एकदमै महत्वपूर्ण क्षेत्र मानिन्छ । राष्ट्रिय कुल ग्रास्थ उत्पादनको करिब २७% कृषि क्षेत्रबाटै उठ्ने गरेको छ । कूल जनसंख्याको करिब ६५% जनसंख्याको जीवनयापन कृषि तथा यससँग सम्बन्धित क्रियाकलापबाटै हुने गरेको छ ।

    कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । कृषि, खेत वा बारीमा अन्न रोपी त्यसलाई गोडमेल गरेर अन्न उब्जाउने गरीन्छ । पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव–जन्तुको खेती वा पालन कृषि अन्तर्गत पर्दछ । कृषि पेशा सबैभन्दा भरपर्दो पेशा पनि हो ।

    आम समुदायको बलियो आधार पनि कृषि पेशालाई नै मान्न सकिन्छ । कृषिले मानवको जीवन निर्वाहमुखी रूपमै अगाडि बढी रहेको छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषि नभई नहुने पेशा हो ।

    यस्तै बैजनाथ गाउँपालिका कृषिमा आत्मा निर्भर भएको पालिका हो । यहाँ अधिकांस मानिस कृषिमा आत्मा निर्भर भएका छन् । ७ सय ५३ वटा स्थानिय तह भन्दा फरक ढंगले बैजनाथ गाउँपालिकाले पालिकाले किसानका लागि कृषि सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । यहाँका ७० प्रातिशत मानिस कृषि पेशामा आवद्ध छन् ।

    बैजनाथ गाउँपालिका बाँकेले कृषिमा बिग बजेट छुट्टाएको छ । कृषिलाई पहिलो प्रथामिकताका साथ पालिका लागि परेको छ । यहाँका किसान पनि लाभाम्बित भएका छन् । पालिकाले कृषिलाई उत्पादनमुखी र आम्दानीको स्रोत बनाउनको लागि किसान संग पालिका प्रमुख कार्यक्रम संचालनमा ल्याएको छ । बैजनाथका किसानले भोगेका समस्याहरुलाई समधान गर्नका लागि पालिकाले किसान संग पालिका प्रमुख कार्यक्रम मार्फत किसानलाई विभिन्न सहयोग गर्दै आएको छ ।

    जसले गर्दा यहाँका किसान पनि लाभाम्बित भएका छन् । पालिकाले बास्तविक किसान छानौट गरी अनुदानका कार्यक्रमहरु मर्फत किसानलाई जोडेर लग्नुका साथै किसानको अभावलाई पालिकाले परिपुर्ति गर्दै आएको छ ।

    पहुँचमा नपुगेका किसानहरुलाई घरदैलो कार्यक्रम मार्फत जोड्ने काम पनि अहिले बैजनाथ गाउँपालिकाले गर्दै आएको छ । सिक्टा सिँचाइ आयोजना नेपालको राष्ट्रिय गौरव परियोजना मध्ये एक हो । जसबाट बैजनाथ गाउँपालिकाले आयोजना मार्फत सिँचाई उपलब्ध गराउँदै आएको बैजनाथ गाउँपालिका बाँकेका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनु भयो । किसानलाई माथि उकास्नको लागि पालिकाले देशकै नमुना काम गरेको बताउँदै दिगो र ग्रामीण अर्थतन्त्रको सुधार र जनजीवनमा परिवर्तन ल्याउन कृषि क्षेत्र अपरिहार्य रहेको बताउनु भयो ।

    कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरे मात्रै नेपालीको जनजीवनमा सुधार ल्याउन सकिन्छ उहाँले भन्नुभयो ‘‘अहिले ठूलो युवा जनशक्ति विदेश गइरहेको छ’’ उनीहरूलाई रोक्ने र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेको लागि कृषि क्षेत्रलाई पहिलो प्राथामिकता दिएको बताउनु भयो ।

    बैजनाथ गाउँपालिका बाँकेका ८ वटै वडाका अधिकाशं मानिस कृषि संग जोडिएका छन् । यहाँका किसानले उत्पादन गरेको कृषि वस्तु कृषि वस्तु बढी मात्रामा बाह्य जिल्लामा निर्यात गर्ने गरेको किसानहरुले बताउने गरेका छन् । उत्पादन भएको कृषि वस्तु दाङ,
    सुर्खेत, बर्दिया लगायतका शहरमा निर्यात गरीदैँ आएके छ । कृषकको बोटमै कृषि वस्तु खरिद गर्न व्यापारी आउने भएका कारण कृषि वस्तुको बजारमा खासै समस्या नरहेको बैजनाथ गाउँपालिकाका किसानहरुले बताउने गरेका छन् ।

    बैजनाथ गाउँपालिका ३, श्रीनगरमा खुम्बु एग्रिकल्चर प्रा. लि. संचालन गर्दै आउनु भएका निराजन केसीले पाँच बीघा जमिनमा कागति र ड्रयागन खेती गर्दै आउनु भएको छ । यु. के.को क्याम्ब्रिज विश्वविद्यालयबाट एम. बि. ए. गरेका के सी को दैनिकी र अनुभव पनि हो यो । नेपालमै केही गरौँ भन्ने हुटहुटिले उहाँलाई तानेको छ ।

    कृषि फर्ममा थप आकर्षण थपेको छ । लगाएको तीन वर्षपछिबाट फसल शुरु हँदा निकै खुशी हुनुहुन्छ निराजन । बजारको कुनै समस्या छैन उहाँ भन्नु हुन्छ स्थानीय रुपमा कोहलपुर र नेपालगञ्जमा नै उहाँका उत्पादन बिक्री हुँदै आएको छ । उत्पादन बढि भएको बेला भने उहाँका कागति र ड्रयागन फल काठमाण्डौ सम्म पनि गरेको बताउनु भयो । फलफूल खेतिमा काम गर्दा निकै आनन्द आउने र खाना खान समेत भुल्ने गरेको अनुभव उहाँले सुनाउनु भयो । कृषि कर्म गर्न सके नेपालमै सबै गर्न सकिने उहाँको अनुभव रहेको छ ।

    यस्तै बैजनाथ गाउँपालिका बाँकेले वडा नम्बर २ लाई मकै पकेट क्षेत्र घोषणा गरेको छ । मकै खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी पालिकाले यो वडालाई मकै पकेट क्षेत्र घोषणा गरेको थियो जसले गर्दा बैजनाथ गाउँपालिका वडा २ मकैबारीकी देवी रोकाया विगत ३ वर्ष देखि मकै खेति गर्दै आउनु भएको छ । उहाँ, २ सिजनमा मकै खेति गर्नु हुन्छ । ‘‘मौसमी र बेमौसमी’’ उत्पादन भएको मकैबाट मनग्य आम्दानी गर्दै आएको उहाँले बताउनु भयो । मकै खेति संगै उहाँले मौसमअनुसारको खेति लागाउने गरेको बताउनु भयो ।

    निराजन केसी र देवी रोकाया त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै बैजानाथ गाउँपालिका मानिस कृषि कर्म मै सन्तुष्ट भएका छन् । उनिहरुलाई पालिकाले पनि सहयोग गरेको छ । उत्पादन भएका वस्तु खेर जाला भन्ने पनि छैन, बिक्रि नभएका कृषि वस्तु पालिकाले खरिद गर्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑