आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

(Untitled)


  • आक्रमण न्युज
  • २०८१ मंसिर २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २११ पाठक संख्या
  • नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री
    मंसिर २१, २०८१
    बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो ।
    कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०÷८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो ।
    बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उहाँले बताउनुभयो । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट