आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

झापामा समर्थन मूल्यभन्दा बढीमा धान बिक्री


  • आक्रमण न्युज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • २१४ पाठक संख्या
  • माघ १२, २०८१
    झापा । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
    “यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्”, कार्यालय प्रमुख चुलमाया लोवाले भन्नुभयो, “किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो ।” कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ५८० दशमलव ६२ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताउनुभयो ।
    सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यस वर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल रु चार हजारसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका–४ का किसान पहलमान खड्काले बताउनुभयो । गत वर्ष रु तीन हजारदेखि रु तीन हजार २०० सम्म बिक्री गर्नुभएका खड्काले आर्थिक रुपमा राहत पाएकामा खुसी व्यक्त गर्नुभयो ।
    बाह्रदशी गाउँपालिकाका स्थानीय कृषक एवं व्यापारी मानप्रकाश सङ्ग्रौलाका अनुसार किसानको खेतबाटै धान खरिद बिक्री भइरहेको जानकारी दिनुभयो । रु चार हजारदेखि चार हजार २०० प्रतिक्विन्टलसम्म रञ्जित मन्सुली धान खरिद बिक्री भइरहेको उहाँले बताउनुभयो । खेतबाटै धान बिक्री भएपछि धान उत्पादक किसानलाई निकै फाइदा पुगेको कृषक सङ्ग्रौलाको दाबी छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा यस वर्ष तीन लाख ८५ हजार १९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट