आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

कविलास गढिको संक्षित्त इतिहास


  • आक्रमण न्युज
  • २०८१ आश्विन १९, शनिबार मा प्रकाशित १ साल अघि
  • ५६४ पाठक संख्या
  • आश्विन १९, २०८१ / होमनाथ न्यौपाने

    चितवन । कविलास गढि विस १८३० ताका चौविसे राज्य अन्तर्गतको तनहुँका राजा हरकुमार दत्त सेनको पालामा अंग्रेजसँग लड्नको लागी बनाइएको हो। त्यस बेला यो किल्ला उत्तर ,दक्षिण आवतजावत गर्ने प्रमुख, किल्लाको रुपमा परिचित थियोे। राजाहरु तराईमा शिकार खेल्नका लागि यहिँ किल्लाको वाटो हुदै जाने गर्दथे। यस किल्लामा वास बसि ठोरीका जंगल मा शिकार खेल्न जाने गर्दथे भन्ने किंवदन्ती रहेको छ।तराईमा शिकारको लागि, दक्षिणको सोमेश्वर गढि, ठोरी, तनहुँ, लमजुङ, गोरखा धादिङ, काठमाडौं, नुवाकोट आवतजावत गर्ने, भिसा चेक गर्ने, सैनिक नियन्त्रणको अति रणनीतिक ईलाका थियोे। तराई र पहाड आवतजावत गर्ने प्रमुख व्यापारिक नाका थियो यो गढी त्यसबेला। जानकारहरूका अनुसार यो किल्लामा तत्कालीन समयमा व्यवसाय कर संकलन गरिन्थ्यो। यो कोतगढि युद्ध कलामा आधारित रहेर वनाएको थियो।यो गढी बाट दक्षिणी भाग , उत्तरी भाग पुर्व र पश्चिमी भु-भाग सबै नियाल्न सकिने हुनाले महत्वपूर्ण र रणनीतिक थियो। सवै दिशाबाट सत्रु हरु आएको निगरानीगर्न सजिलै सकिने हुनाले यो किल्लालाइ प्रमुख नाका र किल्लाको रूपमा लिइन्थ्यो।गढिको आडैमा ठूलो पानि पोखरी वनाएको इतिहासकार वताउछन्। गढि किल्लाको साथमा तोप घर वनाइएको थियो।गढिको दक्षिणी भागमा तोप हान्ने तोप वेस पनि वनाएको थियो।यो वेस अझै पनि रहेको छ।
    राजा प्रताप सिंह,शाहको पालामा विस १८३४ साउन ५ गते कमान्डर इन चिफ अभिमान सिहं बस्नेतको कमाण्डमा नेपालमा एकिकरण भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट