आज: २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

भरतपुरमा खुल्यो छालाको उपचारका लागि हेल्थ केयर सेन्टर


  • आक्रमण न्युज
  • २०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • १८ पाठक संख्या
  • कार्तिक २३, २०८१
    चितवन । भरतपुरको चौबिसकोठीमा छालाको अत्याधुनिक प्रविधिबाट छाला सम्बन्धी रोगको उपचारका लागि दया हेल्थ केयर सेन्टर संचालनमा आएको छ । विगत १० वर्षदेखि अस्पतालरोडमै संचालनमा रहेको हेल्थ केयर सेन्टरले शुक्रबारदेखि आफ्नो सेवा चौबिसकोठीस्थित नयाँ भवनबाट सुरु गरेको हो ।
    दया हेल्थ केयरका संचालक छाला रोग विशेषज्ञ डाक्टर शुभकान्त शर्मा गौतमले केश प्रत्यारोपण, फोटोथेरापी, लेजर प्रविधिबाट ट्याटु हटाउने, अनुहारको चाउरी र दाग हटाउने लगायतका उपचार सेवा उपलब्ध गराइएको जानकारी दिए । ‘एउटै छानामुनि छाला रोग सम्बन्धी विशिष्ट सेवा प्रवाह गर्नुका साथै सेवाग्राहीको आत्मविश्वास बढाउनु नै हाम्रो लक्ष्य हो’ उनले भने ।
    मानव शरीरमा छालाको महत्वबारे जानकारी दिँदै उनले भने, ‘हाम्रो छाला स्वस्थ छ भने शरीरका भित्री अङ्ग पनि स्वस्थ छन् भनेर बुझ्न सकिन्छ । भित्री अङ्ग अस्वस्थ भए त्यसको सङ्केत छालामा पनि देखिन्छ । यसबाहेक विभिन्न रोगको थालनी छालामार्फत् पनि हुन सक्छ । त्यसैले छालाको सुरक्षामा लापरबाही गर्न हुँदैन ।’
    छाला स्वस्थ राख्नमा खानपानको ठुलो भूमिका रहने डाक्टर गौतम बताउँछन् । सकभर अग्र्यानिक खानेकुरामा जोड दिन उनले सुझाव दिए । स्वादको लागि नभई स्वास्थ्यका लागि खानु पर्ने उनको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट