आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने


  • आक्रमण न्युज
  • २०८१ मंसिर १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ५१३ पाठक संख्या
  • मंसिर १२, २०८१
    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।
    मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डा टङ्क बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिनुभयो ।
    सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ ।
    प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङ्गा सावित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा बताउनुभयो ।
    डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउनसक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ । मन्त्रालयले अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धनाकर्ता संस्थाहरू र विश्वका ९० भन्दाबढी मुलुकमा रहेका स्वास्थ्यसम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट