आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

हमासले बनाएका यिनै सुरुङलाई ध्वस्त पार्न चाहन्छ इजरायल ।


  • आक्रमण न्युज
  • २०८० आश्विन २७, शनिबार मा प्रकाशित २ साल अघि
  • ३६३ पाठक संख्या
  • असोज २७, २०८०

    गाजाको जमिनमुनि हमासले बनाएको गोप्य सुरुङहरूको जाललाई ध्वस्त पार्ने योजनामा छ इजरायल । गत शनिबारको आक्रमणको जवाफमा इजरायलले गाजामाथि बम बर्साइरहेको छ । तर, अहिले उसले हमासको सुरुङलाई निशाना बनाएको छ ।

    शुक्रबार इजरायली सेनाका प्रवक्ताले भनेका छन्, ‘गाजाको माथिल्लो भागमा आम मानिस बस्छन् । त्योभन्दा तल अर्को एक लेयर छ, जसको प्रयोग हमासले गर्छ । यतिबेला हामी त्यही लेयरलाई निशाना बनाइरहेका छौँ, जुन गाजाको जमिनमुनि छ ।’

    जब सात मुस्लिम मुलुकले इजरायलमाथि एकसाथ हमला गरे

    उनले अगाडि भने, ‘यो आम मानिसका लागि बनेको बंकर होइन । यो त इजरायली रकेटबाट जोगिन हमास र अन्य आतंकवादी संगठन लुक्ने थलो हो ।’

    गाजामा सुरुङ नेटवर्कको साइजको अनुमान गर्न निकै अप्ठेरो छ । इजरायलले हमासको यिनै सुरुङलाई गाजा मेट्रो भन्छ । यी सुरुङहरू गाजाभर फैलिएको अनुमान गरिन्छ ।

    सन् २०२१ मा भएको संघर्षपछि इजरायली सेनाले गाजामा एक सय किलोमिटर लामो बाङ्गोटिङ्गो सुरुङसमेत ध्वस्त पारेको दाबी गरेको थियो ।

    तर हमासले गाजामा आफूले ५ सय किलोमिटर लामो सुरुङ बनाएको दाबी गर्दै इजरायली आक्रमणबाट ५ प्रतिशत सुरुङ मात्रै नष्ट भएको बताएको थियो ।

    हमासको सुरुङबारे अनुमान लगाउन लण्डन शहरलाई हेरौँ । पूरै लण्डनमा फैलिएको अण्डनग्राउण्ड मेट्रो मात्र ४ सय किलोमिटरको छ । त्यसमा पनि धेरैजसो जमिनमाथि छ । सन् २००५ मा गाजाबाट इजरायली सेना र यहुदी बासिन्दा पछि सरेका थिए । त्यसपछि त्यहाँ सुरुङ निर्माण सुरु भएको थियो ।

    तर, दुई वर्षपछि हमासले गाजामा नियन्त्रण गर्‍यो । त्यसपछि फेरि सुरुङ निर्माण काम तीव्र पारियो । हमास सत्तामा आएलगत्तै इजरायल र इजिप्टले आफ्नो नाकामा सामान र मानिसको आउजाउलाई सीमित गरिदिएका थिए । यो कदमको जवाफमा हमासले सुरुङमै आफ्नो पूरापूर ध्यान लगायो ।

    कुनै बेला इजिप्ट र गाजाको बोर्डरमुनि करिब २ हजार ५ सय सुरुङहरू थिए । यी सुरुङको बाटो इजिप्टले हमास र अन्य संगठनलाई सामान, इन्धन र हतियार पठाउँथ्यो ।

    तर सन् २०१० मा इजरायलले इजिप्टको सीमामा लगाएको नाकाबन्दी कम गरेसँगै तस्करी पनि कम हुन थाल्यो । इजरायलले सीमाको बाटो आयात खुकुलो बनाइदियो ।

    आँखा, हात र खुट्टा गुमाएका हमासका मास्टरमाइन्ड, जसलाई सातपल्ट मार्न खोज्दा पनि असफल छ इजरायल ९पोडकास्ट०
    यसपछि इजिप्टको सीमामुनि बनेका यी सुरुङलाई नाश गरियो । पछि हमास र अन्य संगठनले इजरायलमाथि आक्रमण गर्ने उद्देश्यले गाजाभित्र सुरुङ खने ।

    सन् २००६ मा हमासका लडाकुले इजरायलको सीमा पार गर्ने एउटा सुरुङमार्फत इजरायलभित्र पसेर दुई सैनिकलाई मारेका थिए भने गिलाड शालित नामका एक सैनिकलाई बन्धक बनाएका थिए । उनलाई पाँच वर्षसम्म बन्दी बनाएर राखियो ।

    सन् २०१३ मा इजरायली सेनाले गाजाक्षेत्रबाट आफ्नो एउटा गाउँसम्म १८ मिटर गहिरो र १ दशमलव ६ किलोमिटर लामो सुरुङ फेला पारेको थियो ।

    रियल हिरो विपिनलाई हमासले लग्यो, सरकारले जसरी भए पनि बचाओस् .

    अर्को वर्ष उसले यी सुरुङलाई गाजामा पसेर ध्वस्त पार्ने अपरेसन चलायो । सेनाले त्यस क्रममा ३० सुरुङ ध्वस्त पारेको थियो । तर हमासको प्रतिकारमा इजरायलका ४ सैनिक पनि मारिएका थिए ।

    कस्तो छ हमासको सुरुङ

    अण्डरग्राउण्ड युद्ध विज्ञ डाफ्ने रेसेमण्ड–बराक इजरायलको राइखमेन विश्वविद्यालयमा पढाउँछिन् । उनका अनुसार, क्रस बोर्डर सुरुङहरू निकै आधारभूत हुन्छन् । त्यसमा कुनै किल्लाबन्दी गरिएको हुँदैन । यीमध्ये धेरैजसो एकपल्ट प्रयोग गर्नका लागि खनिन्छ । उद्देश्यचाहिँ इजरायली सैनिकमाथि आक्रमण गर्नु हो । तर गाजाभित्रका सुरुङहरूको उद्देश्य फरक छ । त्यहाँ हमास लामो समयसम्म रहन चाहन्छ । त्यहाँ बस्न सकिने गरी सबै कुराको व्यवस्था मिलाइएको छ ।’

     

    उनी भन्छिन्, ‘त्यहाँ हमासका नेता लुकेर बस्छन् । उनीहरूको कमाण्ड र कन्ट्रोल सिस्टम पनि त्यहीँ हुन्छ । यी सुरुङको प्रयोग निर्यातसँगै सञ्चारका लागि पनि गरिन्छ । यसमा बिजुली, लाइट र रेल ट्रयाक्ससम्मको सुविधा हुन्छ । तपाईं यसमा मजाले घुमफिर गर्न सक्नुहुन्छ ।’

    उनका अनुसार, हमासले सुरुङ खन्नमा महारथ हासिल गरेको छ । सिरियामा विद्रोही लडाकुबाट हमासले यो कला सिकेको हो ।

    भनिन्छ, गाजामा सुरुङ जमिनभन्दा ३० मिटर मुनि छ । त्यसमा पस्न घरको बेसमेन्टबाट बाटो जान्छ ।

    सुरुङमा मस्जिद, स्कुल र अन्य सार्वजनिक क्षेत्रबाट पनि पस्न सकिन्छ । सुरुङको यो नेटवर्क बनाउन स्थानीय मानिसको पनि योगदान हुन्छ । इजरायललाई विश्व नक्साबाट मेटाउने कसम खाएको हमास कस्तो संगठन हो

    अन्तर्राष्ट्रिय मद्दतबाट बनाइएको हो सुरुङ

    गाजाका मानिसका लागि मद्दत भनेर दिइने करोडौंको अन्तर्राष्ट्रिय सहयोग हमासले दुरुपयोग गरिरहेको इजरायलको आरोप छ । गत शनिबार भएको हमासको आक्रमण यिनै कुनै एक सुरुङबाट पनि भएको हुन सक्छ ।

    दर्जनौं इजरायली मारिएको क्षेत्र कफार अजामा पनि एक सुरुङ भेटिएको खबर छ । यो कुराको पुष्टि भयो भने सुरुङ इजरायलद्वारा बनाइएको जमिनमुनिको सुरुङ–रोधी डिटेक्सन सेन्सर्सभन्दा गहिरो हुनुपर्छ । इजरायलले यो डिटेक्सन सेन्सर सन् २०२१ मा बनाएको थियो ।

    डाक्टर रेसेमण्ड–बराकका अनुसार, यस्तो रहेछ भने यो आश्चर्यको कुरा हुने छ । तर यो पनि सत्य हो कि कुनै पनि टनेल डिटेक्सन सेन्सर फुल–प्रुफ हुन सक्दैन ।

    उनी भन्छिन्, ‘केही यस्ता सुरुङहरू होलान्, जहाँ सर्वसाधरणको पहुँच छैन । यो अण्डरग्राउण्ड नेटवर्कका केही भागबारे कसैलाई जानकारी छैन ।’

    हमासले हानेको पहिलो ग्रिनेट मिल्काइदिएका थिए नेपाली विद्यार्थीले

    सुरुङलाई ध्वस्त पार्ने क्रममा आम मानिसको ज्यान पनि जाने छ । यसमा इजरायली सैनिक पनि पर्न सक्छन् ।

    शनिबार सुरु भएको इजरायली सेनाको हवाई आक्रमणमा अहिलेसम्म १५ सय प्यालेस्टाइनी मारिइसकेका छन् ।
    रिसेमण्ड–बराक भन्छिन्, ‘मानिसहरूलाई ढाल बनाउन हमास माहिर छ । आक्रमण हुन लागेको थाहा पाउनासाथ उसले आम मानिसलाई ढाल बनाउन थाल्छ । यसै कारण इजरायलले कैयौंपल्ट आक्रमण रोक्नुपरेको छ ।’

    कस्तो चुनौतीसँग जुध्दैछ इजरायल 

    सन् २०२१ मा भएको संघर्षका क्रममा गाजा शहरमा तीन आवासीय भवन इजरायली आक्रमणमा ढलेका थिए । त्यसमा ४२ जनाको ज्यान गएको थियो ।

    त्यो बेला इजरायले सेनाले आफ्नो निशानामा अण्डरग्राउण्ड सुरुङ रहेको बताएको थियो ।

    सुरुङ नेटवर्कका कारण इजरायली सेनाको प्रविधि र गुप्तचरको प्रभाव पनि कम हुने गरेको छ । शहरी युद्धमा फरक खालको चुनौती हुन्छ ।

    ‘कसैको हातखुट्टा थिएन, मेरा लागि भगवान् दाहिने भएर म बाँचेँ।।।’
    डाक्टर रिसेमण्ड–बराक भन्छिन्, ‘हमाससँग यी सुरुङ नेटवर्कमा बारुद भर्न पूरै समय हुन्छ । ऊ इजरायली सेनालाई सुरुङमा पस्न दिन्छ र थप विस्फोट गरिदिन्छ । यसको सम्भावना छ । हमासले अचानक आक्रमण गरेर इजरायली सैनिकको अपहरण पनि गर्न सक्छ ।’

    इजरायली वायु सेनाले सुरुङ पत्ता लागेको अवस्थामा त्यसमाथि बम पनि फाल्न सक्छ । बंकरलाई उडाउने यी बमले जमिनको गहिराईसम्म क्षति गर्ने क्षमता राख्छन् । यद्यपि, यसबाट केही निर्दोष मानिस पनि मारिन सक्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट