आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

कारागारबाट सारेर म्यानमारकी नेत्री सुकीलाई घरमा नजरबन्द


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • २६५ पाठक संख्या
  • वैशाख ६, २०८१

    कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएको एक सैन्य अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

    नोबेल पुरस्कार विजेता ७८ वर्षीया सुकीले २७ वर्षको कारागार सजाय काटिरहनुभएको छ । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सुकीलाई नगरबन्द गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

    सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्टलाई पनि घरमा नै नजरबन्द गरिएको छ । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण कमजोर स्वास्थ्य अवस्था रहेका बन्दीको सुरक्षामा ध्यान दिएको बताउनुभएको छ । राजधानी नेपिडाउमा तापक्रम ४१ डिग्री सेल्सियस पुग्नसक्ने तथा आउँदो हप्ता अझ तातो हुने अनुमान छ । एजेन्सी,

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट