आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

श्रीमतीलाई लाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक जिम्मेवारी स्थगन गरे


  • आक्रमण न्युज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • २६५ पाठक संख्या
  • बैशाख १३ एजेन्सी  , – स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पत्नीलाई मुद्दा परेपछि आफ्नो सार्वजनिक काम र कर्तव्य रोक्नुभएको छ । यस अवधिमा उहाँले पदमा निरन्तरता दिने कि रोक्ने भन्नेबारे विचार गर्ने बीबीसीले जनाएको छ ।

    स्पेनका प्रधानमन्त्रीले आफूले आफ्नो पद तथा भविष्यको निर्णयबारे मे २९ मा सार्वजनिक गर्ने बताएका खबरमा उल्लेख छ । अदालतले प्रधानमन्त्री पेड्रोकी पत्नी बेगोना गोमेजविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको छ । गोमेजले अदालतमा आफ्नो सम्मानको रक्षा गर्ने र अदालतको काम तथा अनुसन्धानमा सघाउने प्रधानमन्त्री पेड्रोले बताउनुभएको छ ।

    बेगोना गोमेजविरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गर्नुभएको थियो । उहाँले पछिल्लो केही वर्षमा उच्च प्रोफाइलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दै आउनुभएको छ । प्रधानमन्त्री पेड्रोले आफू र श्रीमतीलाई राजनीतिक र व्यक्तिगत रूपमा कमजोर पार्ने उद्देश्यले महिनौँसम्म लगाएर फसाउने रणनीति लिएका आरोप लगाउनुभएको छ । अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी भने दिएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट