आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

 अमेरिकाले गोप्य रूपमा दिएका मिसाइल युक्रेनले प्रयोग गर्न थाल्यो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • २८३ पाठक संख्या
  • एजेन्सी बैशाख १३, अमेरिकाले गोप्य रूपमा दिएको लामो दूरीको ब्यालेस्टिक मिसाइल युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्न थालेको छ । यी हतियारहरू गएको मार्चमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिएको ३० करोड डलरको सहायताको हिस्सा हुन् ।

    लामो दूरीको ब्यालेस्टिक मिसाइल यसै महिनादेखि युक्रेन पुग्न थालेपछि रुसी सुरक्षा बलको सामना गर्न गोप्य रूपमा प्रयोगमा आएका बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनले युक्रेनलाई फेरि ६१ बिलियन डलरको सहायता प्याकेज पनि स्वीकृत गरिसक्नुभएको छ ।

    युक्रेनलाई अमेरिकाले थप हतियार सहयोग गर्ने योजना बनाइरहेको छ । अमेरिकाले यसअघि युक्रेनलाई मध्यम दूरीका हतियार उपलब्ध गराएको भए पनि ठूलो र शक्तिशाली हतियार दिन भने अस्वीकार गरेको थियो । तर अहिले बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने प्रस्तावलाई गएको फेब्रुअरीमा गोप्य रूपमा स्वीकृति दिनुभएको खबरमा उल्लेख छ ।

    अमेरिकाले युक्रेनलाई कति हतियार पठायो भन्ने यकिन तथ्याङ्क भने छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट