Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २७, शुक्रबार | Fri, 13, Nov, 2026

अमेरिकाको एक विश्वविद्यालयमा हिंसात्मक झडप


  • आक्रमण न्युज
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६३९ पाठक संख्या
  • एजेन्सी बैशाख २०, अमेरिकामा रहेको कोलम्बिया विश्वविद्यालयमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

    विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रूपमा भइरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरू नागरिकले असुरक्षा महसुस गर्दै डरमा बाँच्न बाध्य भएका जनाएको छ । उपकुलपति जीन ब्लकले घटनाबारे प्रतिक्रिया दिँदै विश्वविद्यालयमा कसैले हिंसाको सामना गर्न नहुने बताउनुभएको बीबीसीले जनाएको छ ।

    गाजामा जारी युद्धको विरोधमा अमेरिकाका धेरै विश्वविद्यालय र क्याम्पसहरूमा प्रदर्शन भइरहेको छ । आन्दोलनरत विद्यार्थीहरूले इजरायलसँगको आर्थिक सम्बन्ध अन्त्य गर्न पनि माग गरिरहेका छन् । यसअघि प्रहरीले कोलम्बिया विश्वविद्यालय र द सिटी युनिभर्सिटी अफ न्यूयोर्कमा तीन सय जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

    यसैबीच न्यूयोर्कका मेयर एरिक एडम्सले विश्वविद्यालयभित्र प्यालेस्टाइनको समर्थनमा शान्तिपूर्ण प्रदर्शन भइरहेकोमा घुसपैठ भएर हिंसात्मक हुन थालेको बताउनुभएको छ । शहरका अरू अधिकारीले पनि मेयरको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑