आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

भारतको लोकसभा चुनावको तेस्रो चरण अन्तर्गत आज ९३ सिटमा मतदान चल्दै


  • आक्रमण न्युज
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५०३ पाठक संख्या
  • एजेन्सी बैशाख २५, – भारतमा चलिरहेको लोकसभा चुनावमा तेस्रो चरण अन्तर्गत आज ९३ सिटमा मतदान भइरहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका ११ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो ।

    तेस्रो चरणमा असमका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्य प्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बङ्गाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवम् दामनको गरी दुई सिटमा मतदान भइरहेको छ ।

    तेस्रो चरणको यो चुनावमा एक सय २० जना महिलासहित एक हजार तीन सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । झन्डै १७ करोड मतदाता आजको मतदानमा सहभागी हुनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको अहमदाबादमा रहेको निशान माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गर्नुभएको छ । उहाँले लोकसभा चुनावमा सक्रिय रूपमा सहभागी हुन आह्वानसमेत गर्नुभएको छ ।

    आजका लागि तय भएको जम्मु–कश्मीरको अनन्तनाग–रजौरीको निर्वाचन कार्यक्रम भने स्थगित गरिएको छ । त्यहाँ आउँदो २५ तारिखमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१९ को चुनावमा आज मतदान भइरहेका ९३ मध्ये भारतीय जनता पार्टी ९भाजपा० ले ७२ सिटमा जित हासिल गरेको थियो ।

    यो तेस्रो चरणको चुनावपछि भारतीय लोकसभाको कुल सिट ५ सय ४० मध्ये आधाजसोमा मतदान सम्पन्न हुनेछ । सात चरणमा सम्पन्न हुने भारतको लोकसभाको चुनाव गएको अप्रिल १९ तारिखदेखि शुरु भएको हो । आउँदो जुन १ तारिख सबै क्षेत्रको मतदान सकिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट