आज: २०८२ जेष्ठ १०, शनिबार | Sat, 24, May, 2025

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १ साल अघि
  • २९१ पाठक संख्या
  • जेष्ठ २, २०८१
    काठमाडौँ । राजतन्त्रको अपमान गरेको अभियोगमा थाइल्याण्डमा थुनामा रहेकी अभियन्ता नेतिपर्ण सनेसाङ्खोमको मृत्यु भएको छ । उनी २८ वर्षकी थिइन् र विगत केही महिनादेखि अनशनमा थिइन् ।
    नेतिपर्ण सानेसाङ्खोमलाई ुथालुबाङ्ु भनेर पनि चिनिन्छ। मंगलबार नेतिपर्णको मुटुले अचानक काम गर्न छोडेको अधिकारीहरुले बताएका छन् ।
    नेतिपर्ण २६ जनवरीदेखि हिरासतमा थिइन् । उनीविरुद्ध सातवटा मुद्दा दर्ता भएका छन् । तीमध्ये दुईवटा घटना राजतन्त्रको अपमानसँग सम्बन्धित थिए ।
    नेतिपार्नले थाइल्याण्डको न्यायिक प्रणालीमा सुधारको माग गर्दै आएएकी थिइन् । उनी हिरासतमा भएदेखि नै आन्दोलनमा थिइन् ।
    थाइल्याण्ड विश्वका ती देशहरूमध्ये एक हो जहाँ राजतन्त्रको अपमान गर्नेलाई निकै कठोर सजाय दिइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट