आज: २०८१ फागुन ७, बुधबार | Wed, 19, Feb, 2025

सिङ्गापुरमा २० वर्ष शासन गरेका प्रधानमन्त्री ली आजदेखि पदबाट बिदा हुँदै


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित ९ महिना अघि
  • २०५ पाठक संख्या
  • जेठ २ एजेन्सी , सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिँदै हुनुहुन्छ ।

    सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन भूमिका खेलेका ७२ वर्षका लीले आज प्रधानन्त्री पद उपप्रधान तथा अर्थमन्त्री लरेन्स वोङ्लाई हस्तान्तरण गर्न लाग्नुभएको बीबीसीले जनाएको छ । लीको बिदाइलाई सिङ्गापुरमा एउटा लामो राजनीतिक युगको समापनका रूपमा समेत हेरिएको छ ।

    सन् १९६५ मा सिङ्गापुर स्वतन्त्र भएपछि अहिलेसम्म तीन जना प्रधानमन्त्री भएका छन् । आजदेखि चौथो प्रधानमन्त्री हुन लागेका छन् । सबै प्रधानमन्त्री सत्तारूढ पिपुल्स एक्सन पार्टी ९पीएपी० बाट रहेका छन् । पहिलो प्रधानमन्त्री लीका पिता लि क्वान यु हुनुहुन्थ्यो । शुरुमा लीलाई नातावादबाट आएको प्रधानमन्त्री भन्दै धेरैले टिप्पणी गर्ने गरे पनि पछिल्लो समयमा उहाँको कामले आरोपहरू छायामा परेका थिए ।

    पछिल्लो २० वर्षमा सिङ्गापुरको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० दोब्बर भएको छ । कोभिड–१९, विश्वव्यापी आर्थिकमन्दी लगायतको समयमा पनि देशलाई राम्रोसँग चलाउन सकेको जस लीलाई दिइएको छ । विदेश मामिलामा पनि लीले अमेरिका र चीनसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाउनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट