आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित २ साल अघि
  • ३०१ पाठक संख्या
  • जेष्ठ ५, २०८१
    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः ४५ बजेदेखि शुरु हुने छ ।
    जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८।१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ ।
    चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने बैंगलुरु १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।
    यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन् । – एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट