आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

अन्तर्राष्ट्रिय फौजदारी अदालतले सामूहिक हत्याको आरोप लगाउन नमिल्ने इजरायलका प्रधानमन्त्रीको तर्क


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • २८८ पाठक संख्या
  • जेठ ८ एजेन्सी,
    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले आफू र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ । नेतन्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराको रुपमा तुलना गरिएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

    यसअघि आईसीसी प्रमुख अभियोजक करीम खानले इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी माग गर्नुभएको थियो । हमासका राजनीतिक नेता इस्माइल हानियाह, यसका सैन्य प्रमुख मोहम्मद डेफलाई पनि पक्राउ गर्ने तयारी रहेको खबरमा उल्लेख छ ।

    आईसीसीले विभिन्न प्रमाणको आधारमा इजरायलका प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार रहेका दाबी गरेको छ । हेगमा रहेको आईसीसीले विगत तीन वर्षदेखि गाजामा इजरायलको कारबाही र हालै हमासको कारबाहीबारे अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट