आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

ताइवानका राष्ट्रपतिद्वारा चीनसँग समझदारी र सहकार्यको प्रस्ताव


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ६७९ पाठक संख्या
  •  जेठ १३ एजेन्सी-,

    चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    ताइवानका राष्ट्रपति लाई ले आपसी समझदारी र मेलमिलाप बढाउन आफू तत्पर रहेको बताउनुभएको खबरमा उल्लेख छ । चीनसँग सहयोगको आदानप्रदानका माध्यमबाट आपसी समझदारी र मेलमिलाप बढाउन, आपसी लाभ सिर्जना गर्न र शान्ति र साझा समृद्धिमा जानको लागि ताइवान तयार रहेको उहाँको भनाई छ । उहाँले चिनियाँ अभ्यासप्रति चिन्ता व्यक्त गरेकोमा संयुक्त राज्य अमेरिका र अन्य देशलाई धन्यवाद पनि दिनुभएको छ ।

    चीनले ताइवानलाई आफ्नै भूमि दाबी गर्दै गएको बिहीवार शुक्रवार सैन्य अभ्यास गरेको थियो । राष्ट्रपतिको सपथ लिए लगत्तै ताइवानका राष्ट्रपतिले आफ्नो देशको सार्वभौमसत्तामाथि प्रश्न नउठाउन चेतावनी दिएपछि चीनले दुई दिनसम्म जल, स्थल र वायु सेनाद्वारा ताइवानलाई घेर्दै सैन्य अभ्यास गरेको थियो ।

    चीनले यसलाई ताइवानका राष्ट्रपतिको भाषणविरुद्धको सजाय भनेको थियो । चीनले ताइवानका राष्ट्रपतिलाई बारम्बार ुपृथकतावादीु भनेर निन्दा गरेको छ । लाईले बारम्बार वार्ताको प्रस्ताव गरे पनि चीनले अस्वीकार गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑