आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

डाटा सेन्टर र गुगल क्लाउड ुहबु बनाउन गुगलले मलेसियामा २ अर्ब डलर लगानी गर्ने


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • २४५ पाठक संख्या
  • जेठ १७ एजेन्सीँ ,

    गुगलले मलेसियामा २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । दक्षिणपूर्वी एसियाली देश मलेसियामा पहिलो ठूलो डाटा सेन्टर र गुगल क्लाउड हबको विकासका लागि अमेरिकी प्रविधि कम्पनी गुगलले २ अर्ब डलर लगानी गर्ने भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    यसअघि माइक्रोसफ्टले पनि मलेसियाको न्यु क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स पूर्वाधार निर्माणमा आउँदो चार वर्षमा २ अर्ब २० करोड डलर खर्च गर्ने घोषणा गरिसकेको छ ।

    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गुगलको लगानीलाई मलेसियाको शासन र अर्थतन्त्रमा विश्वासको सङ्केतको रूपमा प्रशंसा गर्नुभएको छ । अनवरले गुगल र माइक्रोसफ्टको लगानीले देशको अर्थतन्त्रमा ३ अर्ब २० करोड डलर थप गर्ने र सन् २०३० सम्ममा २६ हजार ५ सय रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको पनि बताउनुभएको छ ।

    गुगलले एक विज्ञप्ति निकालेर मलेसियाको सेलाङ्गोर राज्यको एक बिजनेस पार्कमा नयाँ डाटा सेन्टर र क्लाउ हबको विकास गरिने बताएको छ । गुगल डाटा सेन्टर स्थापना गर्ने मलेसिया १२ औँ देश हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट