आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

फ्रान्सको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी अगाडि


  • आक्रमण न्युज
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • २५७ पाठक संख्या
  • एजेन्सी असार १७, फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली एनआरले फराकिलो अग्रता लिएको छ । पहिलो चरणको मतदानमा राष्ट्रपति उम्मेदवार मरिनले पेनको पार्टी एनआरलाई ३३ दशमलव २ प्रतिशत मत प्राप्त हुने देखिएको छ ।

    वामपन्थी गठबन्धनलाई २८ दशमलव १ प्रतिशत र राष्ट्रपति एम्यानुएल म्याँक्रोको गठबन्धनलाई २१ प्रतिशत मत आउने सम्भावना देखिएको बीबीसीले जनाएको छ । फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो । एनआर पार्टीबाट युवा नेता २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ ।

    पाँच सय ७७ सिट रहेको फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा बहुमतका लागि दुई सय ८९ सिट आवश्यक पर्छ । त्यहाँ ७ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ । पहिलो चरणको चुनावमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाले पहिलो चरणको नतिजा उल्टिन पनि सक्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट