
आषाढ १९, २०८१/होमनाथ न्यौपाने
जापान। गुरुङ समाज जापानको प्रथम अधिबेशन जुलाई १४ मा हुने भएको छ । जापानको सेन्दाइमा हुने प्रथम अधिबेशनमा युवा समाजसेवी अमर गुरुङले अध्यक्षमा उम्मेद्वारी दिने वताउनु भएको छ । गुरुङ कला, संस्कृति परम्परा तथा भाषाको सम्रक्षण, पुर्व मेची देखी पश्चिम महाकाली सम्मका जापानमा रहनुभएका सम्पूर्ण गुरुङहरूलाइ दुख सुख को एउटै मालामा गाँस्न गुरुङ समाज जापानको स्थापना गरिएको अध्यक्षका उम्मेदवार गुरुङले बताउनुहुन्छ।
को हुन् अमर गुरुङ :
अध्यक्षका प्रत्यासी अमर गुरुङको जन्म लमजुङ जिल्ला दुधपोखरी गाउँ पालिका वडा न १ मा भएको हो। युवा अवस्थामा नै समाज सेवामा रुचि राख्नुहुने गुरुङ पछिल्लो समय रोजगारी सगै समाज सेवामा सक्रिय रहँदै आउनुभएको छ। गुरुङ भाषा, सस्कृति,कला देशको गहना हुन्, यिनिहरुको सम्रकण र जगेर्ना गर्नुपर्छ भन्ने गुरुङको मुल मन्त्र रहेको छ। अमर गुरुङ जस्तो शसस्त्र समन्वयकारि युवाको नेतृत्वले समाजको उदेश्य पुरा हुने आम जापानमा रहनुभएका गुरुङ समुदायको विश्वास छ। गुरुङ विगत १३ वर्ष देखि जापानमा रहँदै आउनुभएको छ ।




प्रतिक्रिया दिनुहोस