आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

बसाइँसराइले थलिएकाे गाउँ: दुधपोखरी गाउँ पालिका


  • आक्रमण न्युज
  • २०८१ पौष १४, आईतबार मा प्रकाशित १ साल अघि
  • १८१० पाठक संख्या
  • पौष १४, २०८१ /होमनाथ न्यौपाने
    लमजुङ । घरहरू खन्डखर छन्।खेत वाझै छन्। विध्यालय सुनसान हुन थालेको छ। बुढाबुढी र केटाकेटी मात्रै फाट्टफुट्ट वाटोमा भेटिन्छन्।बजार प्राय सुनसान हुन्छ।मलामि जान मानिस पाउनै मुस्किल, लमजुङको दुधपोखरी गाउँ पालिकाको वर्तमानको परिचय हो यो। कुनै समय सुदुर पुर्वि लमजुङको व्यापारिक, शैक्षिक केन्द्र दुधपोखरी गाउँ पालिका हाल वसाई सराइका कारण सुनसान हुन थालेको छ।
    शान्ति प्रक्रियाको शुरूवात सगै सुरु भएको वसाई सराई हाल सम्म पनि यथावत् छ। करिब १०५०० जनसंख्या रहेको गाउँ पालिकामा हाल मुस्किलले ३हजार पाँच सयको हाराहारीमा मानिस बसोबास गर्दछन्। गाउँमा गुणस्तरीय शिक्षाको अभाव, स्वास्थ्य सेवाको पहुँच नहुनु , रोजगारीको अवसरहरु नहुनु, सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु वसाई सराइका प्रमुख कारणहरु भएको गाउँ पालिका अध्यक्ष धनप्रसाद गुरुङ बताउनुहुन्छ। साबिक इलम पोखरी, दुधपोखरी,विचौर, गौंडा समाबेस गरि दुधपोखरी गाउँ पालिकाको पुनसंरचना गरिएको हो। युवाहरु पढाई तथा रोजगारीको शिलसिलामा कि त शहर कित विदेश जानेक्रम वढ्दो छ। गुणस्तरीय शिक्षा नहुदा केहि मानिसहरू बालबच्चा पढाउन शहर पस्ने क्रमले पनि जनसंख्या घटाएको छ। जनसंख्या कमि सगै यसको  असर विकास, कृषि, पर्यटन शिक्षा पुर्वाधार आदिमा देखिन थालेका छन। वसाई सराइका कारण विध्यालय मर्जरमा जानु परेको छ। चाडपर्वको महत्व हराउदै गएको छ।विकास निर्माणका काममा जनशक्ति पाउन मुस्किल छ। विध्यालयमा पढाउने शिक्षकहरू पाउन मुस्किल भएको गाउँ पालिका उपाध्यक्ष क्षेत्र गुरुङ वताउनुभयो हुन्छ।
    घरहरू खन्डहर बनेका छन्, गाउँ पालिकाको प्रमुख वजार विचौर ठाटि वजार प्राय सुनसान हुन्छ।केहि वर्ष अघि ७०० विध्यार्थी भएको वागिश्वरि मा विमा अहिले करिव ३०० सयको हाराहारीमा विध्यार्थी छन्। कुनै दिनको दुधपोखरी गाउँ पालिकाको चहलपहल त आजकल इतिहास भयो बडा न २ का वडाध्यक्ष अमर गुरुङ बताउनुहुन्छ।
    खेतीयोग्य जमिन वनमाराले  ढपक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा गाउँ  सुनसान बन्दै गएका छन् । मानिस मर्दा मलामी जाने मानिस पाइदैन वडाध्यक्ष गुरुङ बताउनुहुन्छ।एक दशक अगाडिसम्म रमाइलो र चहलपहल हुने गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् ।  दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् । वसाई सराईले गम्भीर असर पुर्याउने देखिन्छ। यस्तै स्थिति चलिरहे गाउँनै रित्तोहुने अवस्था आउनसक्छ, पालिकाले वसाई सराइ रोक्न र वसाई सरेर गएकालाई फर्काउन विशेष पहल गर्नुपर्ने दुधपोखरी सम्पर्क समाज चितवन नवलपुरका अध्यक्ष गणेश गुरुङ बताउनुहुन्छ।
    वसाई सराईले पालिकाको वृहत्तर पक्षमा नकारात्मक असर पारेको छ। शिक्षा, स्वास्थ्य यातायात, व्यापार, सामाजिक रितिरिवाज सवै ध्वस् हुदै गएको जानकारहरुको मत छ। गाउँ पालिकाले वसाई सराइ रोक्न विशेष पहल गर्नुपर्ने बुद्धिजिवीहरुको सुझाब छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १३%४%२%१३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट