आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेकपा (एकीकृत समाजवादी) को जागरण अभियान


  • आक्रमण न्युज
  • २०८० आश्विन १८, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७१८ पाठक संख्या
  • शुक्रवार चितवन आउँदै

    असोज १८, २०८०/ एलिशा तिमिल्सिना

    चितवन । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) को समाजवादी जागरण अभियान यात्राको छैठौ दिन भोली चितवनमा हुने कार्यक्रम रहेको छ । पुर्बी नेपालको मेचीबाट यहि असोज १४ गतेबाट सुरु भएको अभियान भोली शुक्रबार चितवन प्रवेश गर्दैछ । पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुषाल लगायतका नेताहरु अभियानमा सहभागी हुनेछन । शुक्रवार दिउँसो २ वजे भण्डारामा र ४ वजे भरतपुरको चौविसकोठीमा कोणसभा हुनेगरि कार्यक्रमको आयोजना गरिएको नेकपा एसको जिल्ला कमिटी चितवनले जनाएको छ । बिहिवार पत्रकार सम्मेलन गरेर अभियान र चितवनको कार्यक्रम बारे जानकारी गराएको छ । उक्त अभियान असोज २९ गते महाकाली पुगेर समापन हुनेछ ।

    अभियान अन्तर्गत विभिन्न पक्षसंग जागरण अभियानको आवश्यकता, उदेश्य र औचित्य बारे जागरुक बनाउने बताइएको छ । करिव एक हजार किलोमिटरको अभियान यात्रा शुरु भएको छ भने यात्रालाई मर्यादित बनाउन सबै स्थानिय तहको वडासम्मको कमिटीलाई परिचालित गरिएको छ ।” जनता र राष्ट्रले भोगेका समस्या, त्यसको समाधानमा पार्टिको स्पष्ट धारणा के हो भन्ने स्पष्ट पार्न अभियान गरेका शुरु गरेका हौ ।” पार्टिका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी केशबलाल श्रेष्ठले भने” सबैको सुझाव र प्रतिक्रिया लिनको लागि सबै तप्कामा पुराउन कार्यक्रम गर्दै हिडेका छौ । हाम्रो यात्रा भनेकै समाजबादी यात्रा हो ।” समाजबादी जागरणको यात्रालाई अभियानको रुपमा अघि बढाउने उनले बताए ।

    सो कार्यक्रममा चितवनमा करिब ६र७ हजार जनाको सहभागिता हुने बताइएको छ । समाजबाद निर्माण गरेर मुलुकलाई निकास दिने अभियान रहेको बताए । पत्रकार सम्मेलनमा नेकपा एसका चितवन जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्यद्धय कृष्ण खनाल, डा.कृष्ण पन्त, वाग्मती प्रदेश कमिटी सदस्य राजु श्रेष्ठ, जिल्ला समन्वय समितीका उप प्रमुख कल्पना सापकोटा, राप्ती नगरपालिकाका नगर प्रमुख शम्शेर लामा, जिल्ला कमिटी उप सचिव नरेन्द्र कन्दङवा लगायतका उपस्थिती रहेको थियो । जिल्ला कमिटी सचिव कुल प्रसाद लामिछानेले प्रेस विज्ञप्ती वाचन गर्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो । चितवनमा हुने भोलीको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउँदै उपस्थित पत्रकारहरुलाई धन्यवाद ज्ञापन सहित जिल्ला अध्यक्ष अरुण पिडित भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट