
वैशाख ५, २०८१



चितवन। सल्यानमा बस पल्टिँदा १३ जना यात्रु घाइते घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस सल्यानको बागचौर नगरपालिका-२ स्थित ठिनबाङ खोलामा दुर्घटना भएको हो ।
सल्यान प्रहरीका अनुसार रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भइ पुलबाट ठिनबाङ खोलामा पल्टिएको हो । दुर्घटनास्थलबाट सबै घाइतेको उद्दार गरी थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस