
वैशाख ६, २०८१



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी राजमार्ग आसपासमा रहेका ३ वटा होटल तथा सप्लायर्सलाई जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा राप्ती सोनारी ९ ढकेरी राजमार्ग आसपासमा रहेका ८ वटा होटल तथा सप्लायर्सहरुको स्थलगत अनुगमनको गरिएकोमा ३ वटा होटल तथा सप्लायर्सलाई जरिवाना गरिएको हो।
ढकेरी पानस कटज तथा जनरेल स्टोरमा अवैध सुर्ती र पेय पदार्थ गरी रु १५,०००र( मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
यस्तै सिर्जना रेस्टुरेन्ट एण्ड लज र रोयल रेस्टुरेन्ट एण्ड होटलमा रहेको उपभोग मिति नाघेको पेय पदार्थ र अवैध पदार्थ गरी रु ४ हजार मूल्य बराबरको सामान जफत गरी नष्ट गरिएको छ ।
अन्य ५ वटा होटलहरुमा समेत अनुगमन गरि समग्रतामा सवै होटललाई सरसफाई, चिस्यानयुक्त भण्डारणको व्यवस्था गर्न निर्देशन दिइएको छ ।


प्रतिक्रिया दिनुहोस