आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

साढे चार लाख बराबरको अवैध चल्ला बरामद 


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५६३ पाठक संख्या
  • वैशाख ६, २०८१

    बाँके। बाँके प्रहरीले साढे चार लाख बराबरको अवैध भारतीय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको जनाएको छ ।

    बिहीबार बिहान जिल्लाको डुडुवा गाउँपालिका वडा नं। ६ स्थित अहिरापुरुवाबाट अवैधरुपमा भारतबाट भन्सार छली पैठारी गरी नेपाल ल्याइँदै गरेको अवस्थामा अन्दाजी चार लाख ५० हजार रुपियाँ बराबरको अवैध भारतीय ब्रोइलर कुखुराको चल्ला बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट बेवारिसे अवस्थामा रहेका चार हजार पाँच सय वटा चल्ला फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो ।

    नियन्त्रणमा लिइएका चल्लालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाइएको प्रनाउ डाँगीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट