
वैशाख ६, २०८१
बाँके । बाँके जानकी गाउँपालिका ६ पिपरहवा स्थित राजेश जैनले संचालन गरेको बाहुबली जडिबुटी प्रशोधन उधोगमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
अन्दाजी ७ बजे लागेको आगलागी दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगलगी विद्युत तार सर्त भएर लागेको प्रहरीले जनाएको छ ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिनुका साथै आगो निभाउन भारत, बाँके र बर्दिया गरी ११ वटा दमकल परिचालन गरिएको थियो ।
आगलागीबाट मानविय क्षति नभएको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस