आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुल्यो


  • आक्रमण न्युज
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५०७ पाठक संख्या
  • बैशाख ७, काठमाण्डौ – दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

    ज्यान गुमाउनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी र १९ वर्षका दीपेन्द्र थामी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।

    दुर्घटनामा बेहुलासहित ५२ जना घाइते भएका छन् । बा ४ ख ५६१६ नम्बरको जन्ती बस बिहान साढे ७ बजे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–५ पिस्कर धारावतीमा दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर घाइते भएका चालकसहित सात जनाको सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट