आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

अनलाइन जुवा खेलाउँदै गरेका बाँकेमा १५ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ३०९ पाठक संख्या
  • वैशाख ९,  २०८१

    बाँके । बाँकेमा अनलाइन सट्टेबाजीरजुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजीरजुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो ।

    अनलाइन सट्टेबाजीरजुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका(१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्लाइट भाडामा लिई अनलाइन सट्टेबाजीरजुवा सम्बन्धि काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ ।

    पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका(६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा(१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ(६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँ बस्ने १९ वर्षीय सुदेश राई र २२ वर्षीय रोशन दनुवार छन् ।

    यस्तै खोटाङको अइसेलुखर्क(६ का २७ वर्षीय प्रविण राई, इलामको इलाम ९ बस्ने ३३ वर्षीय पर्शुराम दर्जी, सिराहाको सिराहा(७ बस्ने २३ वर्षीय राकेश कुमार यादव, पर्साको बिरगंज १४ बस्ने बर्ष ३१ का सुरेन्द्र चौधरी, उदयपुरको चाङडिगडी(८ बस्ने बर्ष ३२ का भास्कर मगर, रुकुम ९पश्चिम० को आठबिसकोट(९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट( ४ बस्ने बर्ष २९ को रुपक कोइराला र पर्बतको त्रिबेणी(२ बस्ने बर्ष ३५ का सुन्दर राणा पनि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरूमाथि सट्टेबाजी जुवा अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गरिने बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट