आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

आज महावीर जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै


  • आक्रमण न्युज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ३४८ पाठक संख्या
  • वैशाख ९,  २०८१

    काठमाण्डौ । आज २६ सय २३औँ महावीर जयन्ती । जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी महावीर जन्मजयन्ती मनाउँदैछन् । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउँछन् । नेपालमा पनि वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले हरेक वर्ष महावीर जयन्ती मनाउँछन् ।

    महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । जैन धर्मका प्रवर्तक महावीरलाई अहिंसाका प्रतीक मानिन्छ । हिंसा, जातपातको चरम भेदभाव रहेको युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको मार्गमा डोहोर्‍याउनुभएको थियो ।

    २६ सय २३ वर्ष अघि वैशाली गणतन्त्र अर्थात् अहिले भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँको कुण्डलपुरमा जन्मिएका वर्धमान तपस्यापछि महावीर स्वामी बन्नुभएको हो ।

    यसैबीच महावीर जयन्तीका अबसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑