आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

भरतपुर महानगरपालिकामा कानुनी सचेतना तालिम


  • आक्रमण न्युज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित २ साल अघि
  • ७७४ पाठक संख्या
  • बैशाख ९, २०८१ / आशिष अधिकारी
    चितवन । भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन शुरु गरेको छ। आफ्ना प्रत्येक वडाका नागरिकहरुलाइ वडा सदस्यहरु मार्फत न्यायको पहुँच,न्याय सम्पादन र न्यायीक अधिकारका सवालमा सबल र सक्षम बनाउने उदेश्यले महानगरपालिकाले २९ वटै वडाका वडा सदस्यहरुलाइ दुइ दिवसिय कानुनी सचेतना तालिम दिन शुरु गरेको हो । तालिमलाइ दुई चरणमा बिभाजन गरि दिन शुरु गरिएको छ । वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यहरुलाइ आज पहिलो दिन आइतबार र १६ देखि २९ सम्मका वडा सदस्यहरुलाइ भोलि सोमबार तालिम दिइने कानुनी मामिला शाखाका प्रमुख सुरजराज पौडेलले जानकारी दिनुभयो ।

    तालिम उद्वघाटन गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले न्यायमा पहुँच महङ्गो छैन भन्ने मान्यता स्थापित गरेको धारणा राख्नुभयो । न्याय मरेको छैन र मर्न दिइने पनि छैन भन्नका लागि यस्ता खालका तालिम अर्थपूर्ण हुनेछन् ।

    महानगरको न्यायिक समिति संयोजक समेत रहेका अधिकारीले स्थानीय सरकारको क्षेत्राधिकारभित्रका विवादलाई मेलमिलापका माध्यमबाट व्यवस्थापन गर्न सकिने तथ्य पनि स्थापित भएको धारणा राख्नुभयो ।

    ‘स्थानीय सरकारलाई दिएका न्यायिक निरुपणका अधिकार हामीले वडा तहमा लगेका छौँ । वडा तहमा रहेको मेलमिलाप केन्द्रले यी अधिकारहरुको प्रयोग गरिरहेका छन् उहाँले भन्नुभयो ।

    स्थानीय विवाद निरुपणका लागि न्यायिक समितिसँगै मेलमिलापकर्ताको संयुक्त प्रयास हुनु आबश्यक छ उप प्रमुख अधिकारीको भनाइ छ । ठाउँ, भूगोल, सामाजिक तथा सांस्कृतिक अवस्थाअनुसार विवादका प्रकृति फरक हुन सक्छन् । विवादका प्रकृति फरक भए पनि मेलमिलाप गराउने पद्धति साझा हुन सक्छ ।

    विवादलाई सिर्जना भएकै विन्दुमा निरुपण गर्न वडास्तरीय संयन्त्रभन्दा अर्को प्रभावकारी संयन्त्र नभएको उल्लेख गर्दै हाम्रो महानगरपालिका वडामै विवाद समाधान गर्ने सम्भवत पहिलो पालिका हो । यसकारण केन्द्रमा र जिल्ला अदालतमा कम मुद्दा पुग्ने गरेका छन् । न्यायिक विकेन्द्रीकरणको यो नमूना योग्य कदम हो ।

    ‘प्राकृतिक न्यायको सिद्धान्त, विवाद समाधानमा स्वच्छ सुनुवाईको सिद्धान्त’, न्याय ढिला हुनु हुँदैन र हतारमा अङ्ग नपुगी पनि गर्नु हुँदैन र ढिलो न्याय दिनु न्याय नदिनु सरह हो उहाँको तर्क रहेको थियोे ।

    तालीममा आज भरतपुर महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधाका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ । त्यस्तै शाखा अधिकृत राजन सापकोटाले वडा सदस्यहरुको काम,कर्तव्य र अधिकारका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ । अर्का प्रशिक्षण मेलमिलाप बिज्ञ बन्धुराज पौडेलले स्थानीय जनप्रतिनिधिहरुको न्याय सम्पादन सम्बन्धी ब्यबस्था,महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले कानुनको परिचय,समसामयिक कानुनहरुको बारेमा जानकारी र जनप्रतिनिधिहरुको आचारसंहिताका सम्बन्धमा प्रशिक्षण दिनुहुनेछ ।
    उद्वघाटन कार्यक्रममा कार्यपालिका सदस्य गोपाल दराइ,बिष्णु बहादुर भुजेल,सामान्य प्रशासन शाखा प्रमुख उपेन्द्रराज पौड्याल लगाएतको सहभागिता रहेको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट