Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

नेपालगन्जमा करिब ३ लाखको भन्सार छलीको सामान बरामद


  • आक्रमण न्युज
  • २०८१ बैशाख १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ६२९ पाठक संख्या
  • वैशाख १० बाँके , भारतबाट नेपाल तर्फ भन्सार छलि चोरी निकासी पैठारी गरी ल्याएको सामानहरु बरामद गरिएको छ। नेपालगन्ज ४ बसपार्क स्थित गोबिन्द महतको घर अगाडी भारतबाट नेपाल तर्फ भन्सार छलि ल्याइएको ८५ बोरा चामल, ९१ बोरा चिनी, ५ बोरा चक्लेट, डिजिटल तराजु १ थान, बोरा सिलाउने मेसिन १ थान प्रहरीले बरामद गरेको हो।

    प्रहरीका अनुसार, उक्त सामानको अन्दाजी मुल्य रु, २,९२, २५०।( ९दुई लाख बयानब्बे हजार दुई सय पचास० रहेको छ । बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑