आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

पेस्तोल सहित बाँकेमा ३ जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५९९ पाठक संख्या
  • वैशाख १०  बाँके  –  नेपालगन्ज १३ लोनियनपुरुवाबाट कटुवा पेस्तोल सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, नेपालगन्ज २३ बस्ने सदराम बागवान, सोही ठाउँ बस्ने साकिर अली बागवान र वडा नम्बर १४ बस्ने हुसेन बागवान रहेका छन् ।

    लोनियनपुरुवा स्थित भे।६ प।४९०२ न। को होण्डा साईन मोटरसाईकलमा सवार तिनै जनामाथि शंका लागि चेकजाँच गर्दा हुसेन बागवान को साथबाट कटुवा पेस्तोल थान(१, उक्त पेस्तोलको ज्ञद्दप्ँढट लेखेको गोलि थान(१ फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट