आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

धनुषामा मोटरसाइकल दुर्घटनामा परी पत्रकार यादवको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३२० पाठक संख्या
  • वैशाख ११बाँके  – , धनुषाको मिथिला नगरपालिका –६, ढल्केवरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –५, का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उहाँ रेडियो धनुषाधामका सञ्चालक तथा इ–न्युज ब्युरोका कार्यकारी सम्पादक हुनुहुन्थ्यो । मङ्गलबार बिहान ४ बजे आफैले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल ढल्केबर–जनकपुर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जनकपुरस्थि प्रादेशिक अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो ।

    मोटरसाइकलमा पछाडि सवार रहेका यादवका छिमेकी ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन् । उहाँको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ । मृतक यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑