
शंकर सुवेदी
बैशाख १५, २०८१



श्री नवजागृति सामुदायिक वन उपभोक्ता समुह भरतपर ११को २४ औं साधारणसभालाई सम्वोधन गर्दै डिभिजन वन कार्यालय,भरतपुरका प्रमुख थिर बहादुर कार्कीले सामुदायिक वन संरक्षण गर्न जनसहभागिता अपरिहार्य रहने बताउनु भयो । वन भनेको सामुहिक सम्पति भएकोले सबै मिलेर यसको संरक्षण गर्नु पर्ने वहाँको भनाई थियो । सामुदायिक वन उपभोक्ता समुहहरु विकास विरोधी हुन् यिनिहरुले विकासको काममा अप्ठेरो गर्ने गर्दछन भन्ने आरोप जहिले पनि समुहले खेप्ने गरेको प्रमुख कार्कीले बताउनु भयो । समुहले प्राकृतिक स्रोत, साधन,सम्पदाको संरक्षण र विकास, सामाजिक आर्थिक र वातावरणीय क्षेत्रमा अतुलनिय योगदान पु¥याएको वहाँको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जनतासंग प्रत्येक्ष सरोकार राख्ने विकासका योजना आए आफु जहिले पनि सहयोग गर्न तयार भएको बताउनु भयो । ईको चिल्डेन फन पार्क होस् या पिकनिक स्पोर्ट होस् वा अन्य कुनै जनजिविकासंग जोडिएका कार्यहोस् महानगरले सहयोग वहाँले बताउनु भयो ।
सभामा उपभोक्ता समुहका अध्यक्ष देव कुमार गुरुङले आफ्नो ३ बर्षे कार्यकालमा धेरै नयाँ कार्यहरु भएको बताए । समुहले उपभोक्ताहरुलाई काठदाउरा खरिद प्रकृया देखि ढुवानी र चिरानीमा समेत धेरै राहत भएको बताउनु भयो । वन क्षेत्रको सुरक्षाको हिसाबमा पनि यो समुह दिनरात खटिएको वहाँको भनाई रहेको छ ।
भरतपुर ११ का वडा अध्यक्ष कमल मल्लल शुभकामना मन्तब्य दिनुभएको उक्त कार्यक्रममा समुहका उपाध्यक्ष नारायण बहादुर के.सी.ले स्वागत मन्तब्य राख्नु भएको थियो । समुहको सचिव विष्णु कुमारी सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरीप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यो श्री नवजागृति सामुदायिक वन १ हजार ८३ हेक्टरमा फैलिएको छ । जसमध्ये उपभोक्ता समुहलाई हस्तान्तरित वन ३ सय १५ दशमलव पचहत्तर हेक्टर हो भने बाँकी संरक्षित वन क्षेत्र पर्दछ । यस उपभोक्ता समुहमा ४ हजार १ सय २९ घरधुरी आवद्ध रहेका छन् । यस क्षेत्रमा धार्मिक स्थल अन्र्तगत ३ वटामा गुम्वा,न् ४ वटा मन्दिर र ३ वटा गुठिहरु रहेका छन् । त्यसैगरि ३ वटा तालहरु पनि रहेका छन् । यस क्षेत्रको धार्मिक र प्राकृतिक क्षेत्रको प्रचारप्रसार गर्न सके समुहको आयआर्जनमा बृद्धिहुने देखिन्छ । समूहको अधिवेशन भने वैशाख १९ गते हुने भएको छ । वन समूहले १४ गते एक विज्ञप्ती जारी गर्दै आगामी निर्वाचन सर्वसम्मत गर्ने प्रयास गरिरहेको हुँदा समय थप गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस