आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निःशुल्क उपचार हुने


  • आक्रमण न्युज
  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित ११ महिना अघि
  • २१६ पाठक संख्या
  • बैशाख १६ चितवन , – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशभरका अशक्त र गरिब नागरिकलाई काठमाण्डौ महानगरमार्फत निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

    मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो पालिकाबाट विपन्न,असहायको सिफारिस लिएर काठमाण्डौ महानगर आउन अनुरोध गर्नुभएको हो ।

    महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निस्शुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उहाँले बिरामीको आवश्यकताअनुसार निस्शुल्क उपचार हुने बताउनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट