आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

नेकपा एसको अधिवेशन, माधवकुमार नेपालले उदघाट्न गर्ने


  • आक्रमण न्युज
  • २०८१ बैशाख १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ७०१ पाठक संख्या
  • वैशाख १७, २०८१ / टिकादत्त तिमिल्सिना
    चितवन । नेकपा एकिकृत समाजवादी जिल्ला चितवनको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
    चितवन जिल्ला अन्र्तगत पर्ने सबै पालिका, वडा र टोलहरुमा रहेका आफ्ना कार्यकर्ताहरुसंग विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै करिव एक महिना अगाडिबाट अधिवेशनको तयारी थालनी भएको थियो ।

    यहि वैशाख १९ र २० गते सम्पन्न हुने जिल्ला अधिवेशनको लागि ३०१ जना सदस्य रहने गरि मुल समिति र ७ वटा ७÷७ जनाको उप समितिहरु तय गर्दे आ–आफ्नो जिम्मेवारी वहन गर्नेगरि कार्य विभाजन गरिएको अधिवेशन संयोजक तथा जिल्ला अध्यक्ष अरुण पिडित भडारीले बताउनु भयो ।

    यस अघिनै पार्टी कार्यालय चितवनमा बसेको १० औं जिल्ला कमिटी बैठकले यहि वैशाख १९ र २० गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको दिनमा एकिकृत समाजवादीका शिर्ष नेताहरुको उपस्थिती रहने छ भने कार्यक्रमलाई सम्वोधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल उपस्थित हुने कुरा जिल्ला कमिटी उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लील बताउनु भयो ।

    गत चैत्र मसान्त सम्म नवीकरण भएका करिब २ हजार५०० संगठित सदस्यहरुबाट चयन गरेर करिव ४ सय जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने कार्यक्रमका संयोजक भण्डारीले जानकारी दिनुभयो ।
    अधिवेशन सफल बनाउनको लागि दिन रात अहोरात्र खटि सहयोग गर्नुभएका सम्र्पुण मुल आयोजक कमिटीका सदस्यहरु, विभिन्न उप समितीका सदस्यहरु, प्रदेश तथा जिल्लाका विशिष्ठ अतिथीहरु सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दैअधिवेशनको सम्पुर्ण तयारी पुरा गरिएको जिल्ला अध्यक्ष भण्डारीले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑