आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

नेपालगन्जको एक मेडिकल हल शिल


  • आक्रमण न्युज
  • २०८१ बैशाख १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४८० पाठक संख्या
  • वैशाख १८बाँके-, बाँकेको नेपालगञ्ज १३ स्थित रहेको वर्मा अंजला मेडिकल हल शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधि व्यवस्था विभाग नेपालगंजको संयुक्त निरिक्षण टोलीले कैफियत पाएपछि वर्मा अञ्जला मेडिकललाई शिलबन्दी गरीएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

    सर्वसाधारणले जनगुनासो गरेपछि अनुगमन गर्दा उक्त मेडिकलमा पसल सञ्चालन गर्न अनुमति लिएका व्यक्ति पसलमा नबसेर अनुमति प्राप्त नगरेका अर्का एकजना गैर व्यक्ति बसेर औषधी वितरण गर्नुका साथै नेपालमा दर्ता नभएका औषधी समेत सञ्चय गरेको पाइएको थियो ।

    थप अनुसंधान तथा कारवाहीको लागी औषधि व्यवस्था विभाग नेपालगंजमा संचालकलाई उपस्थित हुन निर्देशन दिइएको बाँके प्रशासनले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट