आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह


  • आक्रमण न्युज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ६०६ पाठक संख्या
  • बैशाख १९ काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

    १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस दिवसका अवसरमा आज बुधवार विज्ञप्ति निकालेर आयोगले सामाजिक सुरक्षा कोषमा सबै क्षेत्रलाई आबद्ध गराउन, सुरक्षित र मर्यादित कामको वातावरण निर्माण एवम् श्रम शोषणका सबै अवस्थाको अन्त्य गर्न आग्रह गरेको छ । आयोगले अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा जोड दिँदै उल्लेखित संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद् देशभित्र श्रमको वातावरण र उचित सम्मान हुन नसक्दा दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारी माग भइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    त्यस्तै निजी क्षेत्रमा कार्यरत श्रमिकले समयमा तलब नपाएको, श्रम शोषण गरिएको, नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको, गरिबीका कारण बालबालिका इँटाभट्टा, होटल तथा रेष्टुराँ र निजी घरमासमेत श्रमिकको रूपमा काम गर्न बाध्य भएको जानकारीमा आएको आयोगले जनाएको छ ।

    रोजगार सम्झौता नगरि काममा लगाउन नपाउने, न्यूनतम पारिश्रमिक, बिदा, आराम र विश्राम, सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षासम्बन्धी व्यवस्था, ट्रेड युनियन खोल्न पाउने लगायतका अधिकारको व्यवस्था गरिएको विज्ञप्तिमा भनिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट