आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

बाढी र डुबानको जोखिममा रहेको कैलालीको पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु


  • आक्रमण न्युज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित ५ महिना अघि
  • १३२ पाठक संख्या
  •  बैशाख १९ कैलाली, – बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण शुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क ९सुरक्षित आवास परियोजना० र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

    वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका मेयर केवल चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका धेरै क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

    बाढीका कारण महिनौँसम्म सडक र त्रिपालमा बस्नुपर्ने बाध्यता अब अन्त्य हुनेमा विश्वास रहेको स्थानीयले बताएका छन् । नगरपालिकाले गएको वर्ष वडा नम्बर –५ मा १६ वटा सुरक्षित आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घ–संस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको छ । पकरियापुरमा एउटा नमुना घरसहित २५ घर निर्माण भइरहेका छन् ।

    ७० लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ती घरका लागि नगरपालिकाको २४ लाख रुपैयाँको लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले २१ लाख लगानी गर्दा २५ लाख ३० हजार रुपैयाँ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट