आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नारायणगढ–बुटवल खण्डमा ५० प्रतिशत सडक विस्तारको काम पूरा


  • आक्रमण न्युज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ७०७ पाठक संख्या
  • नवलपरासी बैशाख १९, – विस्तारको क्रममा रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको हो ।

    नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ गतेसम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा द्रूत गतिमा काम भइरहेको छ ।

    अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने काम भइरहेको छ । एशियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्ग विस्तार थालिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट