
वैशाख १९, २०८१
चितवन । नेकपा एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कुनैपनि कुरामा बाधक नभएको बताएका छन् । चितवनमा आजबाट शुरु भएको पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै होस्टेमा हैसेगर्दै जानेकुरा बताएका हुन् ।
‘
अध्यक्ष नेपालले विगतमा भए गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याए। उनले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको पनि बताए ।
‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे,’ नेपालले भने, ‘तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’ साथै उनले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताए।

बामपन्थीका पुराना साथीहरुले आफुहरुले गरेका गल्ति स्विकार गरि आत्मालोेचना गर्नुप¥र्यो ेहामी सदैव साथ दिनेछौ उनले भने ।
अध्यक्ष नेपालले संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेकाले उनीहरूलाई परास्त पार्न एक हुनु जरूरी रहेको बताए।
पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेको अनुसार पहिलाको जस्तै एकता गरेपनि व्यवहारा उस्तै हुने भएपछि एकताको कुनै अर्थ नरहेको बताए । कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनले बताए। पार्टीमा व्यक्ति हाबी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोहस्वरूप नेकपा एकीकृत समाजवादी जन्मिएको उनले बताए र अव हुने ८४ को चुनावमा एक्लै लड्ने हैससियत बनिसकेको समेत बताए ।

‘आज भएको कार्यक्रममा बिशिष्ठ अतिथीहरु केन्द्रिय उपाध्यक्ष केशवलाल श्रेष्ठ, उप–महासचिव गंगालाल तुलाधर, प्रवक्ता जगन्नाथ खतिवडा, सचिव हरि पराजुली, स्याथी कमिटी सदस्य साध्य बहादुर भण्डारी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
चितवन जिल्ला शाखाका उपाध्यक्ष कृष्णराज न्यौपाने लव्लीले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गमलामा राखेको फुलमा पानी सेचन गर्दै आजका प्रमुख अतिथी पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमको उद्घाटन गरेका थिए । दुईदिन सम्म हुने कार्यक्रम भएकोले सबै उपस्थित प्रतिनिधहिरुलाई भोली समयमै उपस्थित हुन आग्रह गर्दै पहिलो चरणको कार्यक्रम जिल्ला अध्यक्ष अरुण पिडित भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस