आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

नेकपा एकिकृत समाजवादीको चितवन जिल्ला अधिवेशन सम्पन्न


  • आक्रमण न्युज
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५७९ पाठक संख्या
  • ६१ सदस्य रहनेगरि कन्दङवा बने अध्यक्ष
    वैशाख २०, २०८१/ टिकादत्त तिमिल्सिना
    चितवन । नेकपा एकिकृत समाजवादीको आज सम्पन्न जिल्ला अधिवेशनबाट नरेन्द्रकुमार कन्द«वाको अध्यक्षतामा ६१ सदसिय रहने गरि अधिवेशन सम्पन्न भएको छ ।
    आज भएको निर्वाचनबाट अध्यक्षमा नरेन्द्रकुमार कन्दङवा, उपाध्यक्षद्धयमा ईश्वरी लामिछाने र गंगालाल लामा, सचिवमा हेमन्त कंडेल निर्विरोध चयन हुनुभएको छ । सह–सचिवमा भने विद्यान अनुसार तिन जना हुनुपर्नेमा आन्तरिक सहमति नभईसकेकोले केहि दिनमा टुङ्याउने गरि रिक्त राखिएको छ ।
    त्यसैगरि सदस्यहरुमा भमनपाबाट ८ खुल्ला सदस्यहरु मध्ये जयकृष्ण सापकोटा, ज्ञानबहादुर कुमाल, बलराम सापकोटा, त्रिलोचन अधिकारी, सजिव लामिछाने, बोधराज सापकोटा, बलराम पौडेल (बि.क.) र सुुदन दराई रहेका छन् । त्यस्तै महानगरकै महिला सदस्यतर्फ ६ जना मध्ये प्रतिभा लामिछाने, अनिता भुजेल, सुनिता महतो, मिरा पोख्रेल, लक्ष्मी पोख्रेल र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका हुन । युवा खुल्ला सदस्यहरु २ जना मध्ये महेशकुमार सुबेदी र भुपेन्द्र ढकाल, युवा महिला सदस्यमा कोपिला उपरकोटी निर्वाचित भएका छन् ।
    रत्ननगर नगरपालिका अन्र्तगत खुल्ला सदस्य ५ जना मध्ये चिन्तामणी आचार्य, हरिहर पौडेल विष्णुप्रसाद अर्याल, गोर्कण गिरी र दिपक थापा निर्वाचित भए भने महिला सदस्य तर्फ ३ जना मध्ये निर्मला कुमारी खड्का, पार्वती घिमिरे र संगिता खड्का कार्की निर्वाचित भएका हुन । युवा तर्फ विजय खनाल, महिला युवा तर्फ सरस्वती लामा निर्वाचित भएका छन् ।
    खैरहनी नगरपालिकामा २ सदस्य मध्ये दुर्गादत्त अर्याल र कृष्णप्रसाद पाठक रहेका छन् । युवा सदस्यमा हेम बहादुर गुरुङ छन् भने महिला सदस्यमा जमुना पाठक थपलिया निर्वाचित भएका छन् ।
    माडी नगरपालिकामा २ सदस्य मध्ये कमल बहादुर भुजेल र प्रेमराज तिमिल्सिना, युवा सदस्यमा रामचन्द्र लम्साल छन् भने महिलामा धन रुपा महतो र चन्द्रकुमारी बाँनिया निर्वाचित भएका छन् ।
    त्यसैगरि राप्ती नगरपालिकामा खुल्लातर्फ ६ सदस्य रिक्त रहेका छन् । ३ महिला सदस्य मध्ये बुद्धिमायाँ श्रेष्ठ, अप्सरा थापा र ललिता चौधरी, युवा सदस्यमा हिराबहादुर श्रेष्ठ, युवा महिला सदस्यमा मिना दर्जी रहेका छन् ।
    कालिका नगरपालिकामा खुल्ला र महिलामा १÷१ सदस्य रिक्त रहेका छन् ।
    समावेसी उम्मेदवार युवामा दिनेश घलान, दलितमा मन बिक र अंपाङ्गतामा डा.विपि शर्मा, अल्पसंख्यामा रिक्त र ट्रेड युनियनमा निरप्रसाद लामिछाने निर्वाचित भएका छन् ।


    दुइृदिन सम्म चलेको अधिवेशनमा १९ गते हिजो उद्घाटन कार्यक्रम भएको र आज विहान देखिनै बन्दसत्र शुरुभईृ दिनभरि सहमती जुट्न नसकेपछि साझ पख सहमती जुटेको कार्यक्रमका अध्यक्ष डा. गंगालाल तुलाधरले बताउनु भयो । तुलाधरका अनुसार दिनभरी सहमतीका लागि धेरै प्रयास गरियो तर केहिपदमा भने सहजै सहमती जुट्यो र केहिमा सहमती जुट्न अति नै गारो भएपछि अन्तत्यमा निर्वाचन तथा अध्यक्षताको अधिकार प्रयोग गरि सहमती जुटाएको उहाँले बताउनु भयो ।
    अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने‘ ‘लव्ली’, नरेन्द्रकुमार कन्दङवा, शम्सेर लामा र विष्णुराज महतोको अध्यक्ष पदको लागी उम्मेदवारी मनोनयन दर्ता गरिएकोे थियो ।
    अन्त्यमा निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले अन्तिम निर्वाचित नामावली पढेर सुनाएपछि सहमतीको बाटो खुलेको हो र कार्य समिती चयन भएको थियो । नव नियुक्त पदाधिकारीहरुकोे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएपछि नव नियुक्त अध्यक्ष कन्दङवाले सबै उपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑