आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आमसञ्चार विधेयक छिट्टै मन्त्रिपरिषद्‌मा पेस हुने मन्त्री शर्माको भनाइ


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ बैशाख २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६३७ पाठक संख्या
  • बैशाख २१ काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ । आज काठमाण्डौमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्दै उहाँले आमसञ्चार क्षेत्रको स्वःनियमन, प्रवर्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको बताउनुभयो ।

    उहाँले छाता कानूनको रुपमा आमसञ्चार ऐन, बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायको रुपमा आमसञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवि पत्रकारको पेशागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालनलगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको उदेश्य रहेको पनि जानकारी दिनुभयो । सञ्चारमन्त्री शर्माले नयाँ प्रविधिसँगै आएका चुनौतीको सामना गर्न आमसञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट