आज: २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

बालबालिकालाई जेठ १३ गतेदेखि पोलियोविरुद्धको खोप लगाइँदै


  • आक्रमण न्युज
  • २०८१ बैशाख २१, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • २२८ पाठक संख्या
  • काठमाण्डौ बैशाख २१, – सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दुई हप्तासम्म चल्ने अभियानमार्फत् पोलियोविरुद्धको खोप ‘आइपीभी’ दिइनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिनुभयो ।

    पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आइपीभी’ लगाइने उहाँको भनाई छ । पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको डा।गौतमले बताउनुभयो । उहाँका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो ।

    सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन ९गाभी० ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

    नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट