आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

जापान पठाउने भन्दै २ सय १९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ


  • आक्रमण न्युज
  • २०८१ बैशाख २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६५४ पाठक संख्या
  • बैशाख २१ काठमाण्डौ – जापान पठाउने भन्दै २ सय १९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई आज सार्वजनिक गरेको हो । उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको छ । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका–१ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

    उनीहरुले दीपबहादुर तामाङमार्फत् १३ जनाबाट ३७ लाख रकम र सुनिलकुमार नेपालीमार्फत् २० जनाबाट ३२ लाख रकम लिएको तथा वैदेशिक रोजगार विभागमा अन्य झण्डै एक सय जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑