आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

२७ वटा ठेकेदार कम्पनीसँग स्पष्टीकरण सोध्यो, कालोसूचीमा राख्ने तयारी


  • आक्रमण न्युज
  • २०८१ बैशाख २७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४६३ पाठक संख्या
  • बैशाख २७  काठमाण्डौ – सरकारले २७ वटा ठेकेदार कम्पनी र आपूर्तिकर्तालाई स्पष्टीकरण सोधेको छ । कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने प्रक्रियाको लागि स्पष्टीकरण सोधेको हो ।ती कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएकोमा यस अवधिभित्र स्पष्टीकरण नबुझाएपछि फेरि ७ दिनको म्याद दिएर लिखित स्पष्टीकरण मागिएको कार्यालयले जनाएको छ ।

    स्पष्टीकरण सोधिनेमा धेरै सडक आयोजना अलपत्र पार्ने ठेकेदार कम्पनी रहेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले इसा कन्स्ट्रक्सन, शिवाणी इन्टरप्राइजेज, एच एन्ड जे ट्रेडर्स, जिसी ब्रदर्स कन्स्ट्रक्सन, प्रशंसा कन्स्ट्रक्सन, ऊर्जा इन्फ्रा एन्ड कन्स्ट्रक्सन, कुशभ निर्माण सेवा, यूआरसी कन्स्ट्रक्सन, अधिकारी निर्माण सेवा, चन्द्रसूर्य निर्माण सेवा, देउती बज्यै निर्माण सेवा एन्ड ढुवानी सेवा, आयुष निर्माण सेवा तथा महादेव अर्डर सप्लायर्स, भारत कन्स्ट्रक्सन, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालिलाई स्पष्टीकरण सोधेको हो ।

    यस्तै देवनारायण पवन कन्स्ट्रक्सन, मैनाचुली निर्माण सेवा, खम्पाचे शेर्पा निर्माण सेवा, देउती कन्स्ट्रक्सन प्रालि, एड्भेन्चर जेवी जेभी, शंकरमाली निर्माण सेवा, बराह निर्माण सेवा, दीपमाला निर्माण सेवा, विभोर निर्माण सेवा, बीएस भैरवशक्ति निर्माण सेवा र युसव कन्स्ट्रक्सनलाई पनि स्पष्टीकरण सोधिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट