आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

अटो दुर्घटना हुँदा दाङमा चालकको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ बैशाख २९, शनिबार मा प्रकाशित २ साल अघि
  • ५५४ पाठक संख्या
  • घोराही, वैशाख २९ – दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    तुलसीपुर बजारबाट पैयाँखोरेतर्फ जाँदै गरेको अटो शनिबार बिहान दुर्घटनामा परेको हो । अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खस्दा गम्भीर घाइते हुनुभएको चालक घर्तीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । मल्लका अनुसार घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट