आज: २०८२ अषाढ ४, बुधबार | Wed, 18, Jun, 2025

बजार अनुगमनको क्रममा बाँकेमा दुई उद्योगमा सिल


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३०७ पाठक संख्या
  • जेष्ठ १, २०८१

    कोहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले बजार अनुगमनको क्रममा २ वटा उद्योगमा सिलबन्दी गरेको छ । ६ वटा उद्योगमा अनुगमन गरिएकोमा अन्य ४ वटा उद्योग कारबाहीमा परेका छन् । उनीहरूलाई जरिवाना गरी प्रशासनले १ लाख ९० हजार रुपैयाँ असुलेको निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

    ६ वटा उद्योग तथा व्यवसायमा स्थलगत अनुगमन गर्दा चार वटा उद्योग तथा व्यवसायले उपभोक्ताको हितविपरीत कार्य गरेको पाइएकाले कारबाही गरिएको उनले बताए ।

    नेपालगन्ज कारकाँदो क्षेत्रमा सञ्चालनमा रहेको जय बागेश्वरी ड्रिङकिङ वाटर उद्योगले व्यवस्थित रूपले मापदण्डअनुसार उद्योग सञ्चालन नगरेको पाएपछि प्रशासनले तत्काल कारबाहीस्वरूप २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ भने उद्योगमा सिलबन्दी गरेको छ । सो उद्योगबाट प्रयोग नहुने अवस्थामा रहेका २३ थान पानीका जारसमेत नष्ट गरिएको छ ।

    त्यसैगरी नेपालगन्जको खजुरा रोड क्षेत्रमा सञ्चालनमा रहेको जय श्रीराम आइस उद्योगले बिल बिजक बिना कारोबार गरेको पाइएपछि सो उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    उद्योगमा मापदण्डअनुसार सरसफाइ नगरेसम्मका लागि उद्योग सञ्चालनमा रोक लगाइएको निमित्त प्रजिअ माझीले बताए । खजुरारोड क्षेत्रमै रहेको शाह डिष्ट्रिब्युटर्स एन्ड सप्लायर्सले मूल्य सूची नराखी कारोबार गरेको पाइएकाले तत्काल कारबाही स्वरुप एक लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

    त्यस्तै, शान्ति खाद्य उद्योगले सम्बन्धित निकायबाट उद्योग सञ्चालन इजाजत नलिई उद्योग सञ्चालन गरेको पाइएकाले ५० हजार रुपैयाँ जरिवाना गरिएको र खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट