आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेविसङ्घको प्रदर्शन


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १0 महिना अघि
  • २१३ पाठक संख्या
  • जेठ २ काठमाण्डौ , – सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ ।

    नेविसङ्घका कार्यकर्ताले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले पीडितलाई न्याय दिनुपर्ने माग गरेका छन् । हातमा पोस्टरसहित प्रदर्शनमा सहभागी भएकाहरूले गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी पनि गरेका छन् ।

    यसअघि हिजो कांग्रेस भातृ सङ्गठन महिला सङ्घले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो ।

    नेपाली कांग्रेसले यस प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट